Government of Nepal
Ministry of Culture, Tourism and Civil Aviation

LUMBINI DEVELOPMENT TRUST

Flag Flag

Search

Buddha Jayanti Celebrated with Grandeur in Lumbini                 Indian Ambassador Visited Lumbini                 Invitation for Quotation                 Electric Van Service for Visitors                 The Second Lumbini International Peace and Meditation Festival Organized in Lumbini                

लुम्बिनी विकास कोष र पर्यटन व्यवसायीहरुले ४४ औँ विश्व पर्यटन दिवसका अवसरमा बुधबार बुद्वजन्मस्थल लुम्बिनी आएका पर्यटकहरुलाइ स्वागत गरेको छ

2 Years ago   July 02, 2024   Visted:551  

लुम्बिनी –   लुम्बिनी विकास कोष र पर्यटन व्यवसायीहरुले ४४ औँ विश्व पर्यटन दिवसका अवसरमा बुधबार बुद्वजन्मस्थल लुम्बिनी आएका पर्यटकहरुलाइ स्वागत गरेको छ ।  कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले चिन र फ्रान्सबाट आएका पर्यटकलाई मायादेवि प्रवेशद्वारमा स्वागत गर्नुभएको हो ।

उक्त अवसरमा उपाध्यक्ष डा. लामाले लुम्बिनी  विश्व शान्तिको केन्द्र भएको बताउदै लुम्बिनि भ्रमणका लागि आह्वान गर्नुभयो । उहाँले  विश्वले बुद्वजन्मस्थल लुम्बिनीलाई बौद्विष्टहरूको  भ्रमण पहिलो केन्द्र बनाउन समेत आग्रह गर्नुभयो । लुम्बिनी विकास कोष र लुम्बिनी होटल संघ नेपाले संयुक्त रूपमा पर्यटकलाइ स्वागत गरेर दिवस मनाइएको हो ।

लुम्बिनी आएका पर्यटकलाई लुम्बीनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, बरिष्ठ निर्देशक ज्ञानिन राई, कोषका सुचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राई,  लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवाली लगायतले पर्यटकलाई खादा र उपहार दिएर स्वागत गर्नुभएको थियो ।

सन् १९७० सेप्टेम्बर २७ मा संयुक्त राष्ट्रसङ्घीयणण विश्व पर्यटन सङ्गठनको स्थापना भएपछि सोही दिनको संस्मरणमा सन् १९८० देखि प्रत्येक वर्ष विश्व पर्यटन दिवस मनाउँदै आइएको हो । लुम्बिनीमा पछिल्लो बर्ष पर्यटकहरू बढदै गएको सुचना तथा जनसम्पर्क अधिकृत डा. हरिध्वज राइले जानकारी दिनुभयो । उहाँले लुम्बिनी भ्रमणका लागि अब उपयुक्त मौसम शुरु भएकाले स्वदेशी तथा विदेशी पर्यटकहरुलाई भ्रमणका लागि निम्तो दिनुभयो ।